
गण्डकी प्रदेश सरकारमा हेरफेर गरिएको छ।
मुख्यमन्त्रीमा भने सुरेन्द्रराज पाण्डे नै यथावत छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा मंगलबार फेरिएका मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयनताको शपथ गराएका छन्।
९ सदस्यीय गण्डकीको मन्त्रीमण्डलमा नेपाली काँग्रेस र नेकपा (एमाले) बाट ४/४ जना मन्त्री बनेका छन।
नयाँ मन्त्रीमण्डमा काँग्रेसबाट जितबहादुर शेरचन आर्थिक मामिला र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्।
काँग्रेसका प्रदेशसभा सदस्य रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बनेकी छन्।
त्यस्तै, काँग्रेसबाटै नम्डु गुरुङले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि, डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापा सामाजिक विकास मन्त्री थिए।
भेषबहादुर पौडेल वन तथा वातावरणमा मन्त्री थिए।
नेकपा (एमाले) का गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन्।
यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री बनेकी छन्।
त्यस्तै, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री बनेका छन्।
भीमबहादुर कार्की भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा नियुक्त भएका छन्।
यसअघि, भौतिकमा प्रकाशबहादुर केसी, कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए।
गण्डकी प्रदेशसभामा काँग्रेसबाट २७ र एमालेबाट २२ प्रदेशसभा सदस्यहरु छन्।
