चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा पुन: समिर बलामी

संघको १० औं अधिवेशनबाट बलामीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन

जनसम्मत
वैशाख ६, २०८३, आइतबार

चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन्।

संघको १० औं अधिवेशनले वलामीलाई पुन: अध्यक्षमा चुनेको हो।

अधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

शनिवार राति भएको मतदानमा कुल १६९ मध्ये ९५ मत पाएर बलामी निर्वाचित हुँदा उनका निकततम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत पाए।

संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भए।

रघुनाथले ७३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नविन गिरीले ६२ मत पाए।

कार्यक्रमतर्फको उपाध्यक्षमा कुमार आचार्य निर्विरोध निर्वाचित भए।

महिला उपाध्यक्षमा दीपज्योती थापा निर्वाचित भइन्।

थापाले ७५ मत पाउँदा सुष्मा कार्कीले ६२ मत पाइन्।

त्यसैगरी, महासचिवमा गोपीकृष्ण चापागाइ निर्वाचित भए।

निकै कडा प्रतिस्पर्धा भएको महासचिव पदमा चापागाईँले ५४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत पाए।

४ जना उम्मेदवारमध्ये सीपी जैसीले १९ तथा पवन भट्टराईले १८ मत पाए।

सचिवमा मदन रिजाल निर्वाचित भए।

मदनले ९४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि सुरेन्द्र थापा मगरले ४५ मत पाए।

सचिव (समावेशी) तर्फ महमद जलिम निर्विरोध निर्वाचित भएका छन्।

कोषाध्यक्षमा मनिष अञ्जान दाहाल निर्वाचित भएका छन्।

मनिषले ७४ मत पाउँदा प्रतिस्पर्धी निशा बजगाईँले ६५ मत पाइन्।

सह–कोषाध्यक्षमा अर्जुन गुरागाइँ निर्वाचित भएका छन्।

अर्जुनले ६२ मत पाउँदा उनका प्रतिस्पर्धी भोला सुवेदी प्रनपले ४२ मत पाएका छन्।

त्यस्तै, सदस्यहरुमा सुशिल नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाइ, दिपराज क्षत्री, दिनेश थापा, सोजना लोहार, युबर्ण पौडेल (पूजा), रतनबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।