आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपाल पराजित

अमेरिकासँग नेपाल ४४ रनले पराजित

जनसम्मत
वैशाख ६, २०८३, आइतबार

आइसीसी टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आफ्नो पहिलो सुरुवाती खेलमा पराजित भएको छ।

रुवाण्डामा शनिबारबाट सुरु भएको अमेरिकाविरुद्धको आफ्नो पहिलो खेलमा नेपाल ४४ रनले पराजित भएको हो।

अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ७९ रन मात्र बनायो।

नेपालको ब्याटिङतर्फ बिन्दु रावलले सर्वाधिक २७ रन जोडिन्।

बिन्दुले ४४ बल खेल्दै १ चौका प्रहार गरिन्।

त्यस्तै, कविता जोशीले ११ रन थपिन्।

अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको कमजोर ब्याटिङको फाइदा उठाउँदै अमेरिकाका बलरहरूले प्रभावशाली प्रदर्शन गरे।

माही माधवन र तरनुम चापराले समान २/२ विकेट लिए।

रितु सिंह, लेखा शेट्टी र सैनभीले १/१ विकेट हात पारे।

आइसीसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले भोली (आइतबार) इटलीसँग दोस्रो खेल खेल्ने तालिका छ।

प्रतियोगितामा नेपालको खेल तालिका

अमेरिकाविरुद्ध बैशाख ५ गते
इटलीविरुद्ध बैशाख ६ गते
रुवान्डाविरुद्ध बैशाख ९गते
भानुआटुविरुद्ध बैशाख ११ गते
अमेरिकाविरुद्ध बैशाख १३ गते
रुवान्डाविरुद्ध वैशाख १५ गते
भानुआटुविरुद्ध बैशाख १७ गते
इटलीविरुद्ध बैशाख १८ गते