
नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ।
आइतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्रअनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो।
सोहीअनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष मावध वरालले जानकारी दिएका छन्।
चैत २८ र २९ गते मकवानपुरको हेटौडामा भएको नेपाल पत्रकार महासंघको चौथो केन्द्रीय पूर्ण बैठकले सबै शाखाले साधारण सभा गर्ने निर्णय गरेको थियो।
बैठकले जिल्ला शाखाहरुले वैशाख १० देखि जेठ १० सम्म साधारण सभा सक्नुपर्ने मिति तय गरेको थियो।
सोहीअनुसार जेठ ९ गते मिति तय गरी तयारी सुरु गरिएको अध्यक्ष बरालले जानकारी दिए।
महासंघको साधारण सभा हरेक डेढ वर्षमा गर्नुपर्ने प्रावधान छ।