
पहिलो टी-२० मा नेपाल युएईसँग पराजित भएको छ।
युएईविरुद्धको पहिलो टी-२० खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै हार बेहोर्यो।
कीर्तिपुरको त्रिवि रंगशालामा सोमबार भएको अन्डर लाइट्स खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित बन्यो।
वर्षाका कारण खेल छोट्याएर १० ओभरमा झारिएपछि युएईले डकवर्थ-लुइस विधिअनुसार ७८ रनको लक्ष्य पाएको थियो।
जुन लक्षलाई उसले ८.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो।
युएईको जीतमा कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रनको आक्रामक इनिङ खेले।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए।
त्यस्तै, कुशल मल्लले १ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेट गुमाउँदै १२२ रन बनायो।
नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा अविजित ३२ रन बनाए।
युएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए।
जुनैद सिद्दिकीले २ विकेट लिए।
यस अवस्थामा वर्षा भएपछि खेल प्रभावित बन्यो।
त्यसपछि, लक्ष्य समायोजन गर्दै युएईलाई १० ओभरमा ७८ रन दिइएको हो।
यो खेलसँगै युएईले सिरिजमा १-० को अग्रता बनाएको छ।
नेपाल र युएईबीचको दोस्रो खेल आज (मंगलबार) हुँदैछ।