
दशौं संस्करणको रारा पोखरा स्पोर्टस अवार्डको मिति सरेको छ।
यसअघि, बैशाख १८ गते मिति तय भएको स्पोर्टस अवाड–२०८र्२ बैशाख ३१ गते हुने भएको
खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत स्पोर्टस अवार्ड वितरण गर्ने मिति सरेको जनाएको हो।
मञ्चका अध्यक्ष एमबी आस्थाले खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने यस संस्करणको स्पोर्टस अवार्ड वितरण कार्यक्रमको मिति सरेको जनाए।
उनले यस संस्करणको स्पोर्टर्स अवार्डको दशौं संस्करण बैशाख ३१ गते हुने भएको हो ।
कार्यक्रम पोखरा–६ लेकसाइडस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने र यस दशौं संस्करणलाई हिमश्री फुड्स प्रा.लि.को मुख्य उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको आस्थाले जनाए।
विषेशगरी यस वर्षको अवार्डलाई ९ विधामा प्रदान गरिने तयारी भएको अध्यक्ष आस्थाले जानकारी दिए।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडी, वर्ष उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघसंस्था/क्लब, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र उत्कृष्ट खेल पत्रकारलगायतका विधाहरूमा अवार्ड वितरण गरिनेछ।
यस वर्षदेखि पिपुल्स च्वाइस अवार्डलाई भने थप गरिएको हो।
पुरस्कारतर्फ सर्वोत्कृष्ट पुरुष, महिला र पिपुल्स च्वाइस अवार्ड विजेतालाई स्कुटर प्रदान गरिनेछ भने अन्य विधाका विजेताहरूलाई जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार र अवार्ड ट्रफी प्रदान गरिनेछ।
यस्तै, मञ्चका महासचिव परशुराम शर्माका अनुसार हरेक विधामा ३/३ जना खेलाडी मनोनयन गरिनेछ र चाँडै ती खेलाडीहरूको नाम सार्वजनिक गरिने तयारी भइरहेको समेत जनाए।
यस अवार्डको सह-प्रायोजकमा गुरुङ गहना घर र केल्मी रहेका छन्।
स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ।
भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र आतिथ्य साझेदारका रूपमा प्लाजा होटल ग्रुप संलग्न छन्।
त्यस्तै, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद (गखेप) र पोखरा महानगर खेलकुद परिषदको सहकार्य तथा सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हो।
आयोजकले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र बनाइएको जनाएको छ।