
पोखरामा पहिलो पटक महिला गोल्ड कप प्रतियोगिता सुरु भएको छ।
स्थानीय आरएस पोखरा एफसीको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशालामा सुरु प्रतियोगितामा २ विभागीय क्लब र २ अन्य फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछ।
प्रतियोगिताको उद्घाटन खेलमा विभागीय नेपाल पुलिस क्लबले आयोजक आयोजक आरएस पोखरा एफसीलाई ८–० भारी गोल वर्षाउँदै सुखद सुरुवात गरेको छ।
कमजोर आयोजक आरसी एफसीमाथि विभागीय क्लब पुलिसले पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल निकाल्न सफल बन्यो।
आयोजक पोखराबिरुद्ध नेपाल पुलिस क्लबकी रेखा पौडेल एक्लैले ह्याट्रिकसहित ५ गोल गरिन्।
‘प्लेयर अफ द म्याच’ बनेकी राष्ट्रिय खेलाडी रेखाले खेलको ५, २७, ३५, ३८ र ६० औं मिनेटमा गोल गरिन्।
पुलिसको जितमा निर्मला विक र सहारा लिम्वुले १/१ गोलको योगदान गरे।
आयोजक आरसीले १ गोल भने पुलिसलाई उपहार दियो।
जीतसँगै विभागीय पुलिसले फाइनलमा स्थान बनाएको छ।
पहिलो खेलमै लज्जास्पद हार व्यहोरेपनि पोखराको फुटबलमा महिला फुटबल प्रतियोगिता आयोजना गरेर आयोजक आरसी एफसीले इतिहास रचेको छ।
प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा शनिबार संकटा क्लव र विभागीय त्रिभूवन आर्मी क्लवले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उपाधि बिजेताले नगद ५ लाख र उपबिजेताले नगद ३ लाखसहित शिल्ड पुरस्कार जित्नेछ।