पोखरा रंंगशाला प्राकृतिक नै बन्नुपर्छ : सदस्य सचिव

अब, सवै तहको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ढिलोमा फागुनसम्म सक्नुपर्छ

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै बनाउनुपर्ने बताएका छन् ।

खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले भने, ‘पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै हुनुपर्छ । आर्टिफिसियल मैदान बनाउने होइन । मैले प्राविधिकहरुसँगको छलफलमा त्यही किसिमले निर्देशन दिएको छु ।’

आफू जागिर खानका लागि सदस्य सचिव नबनेको बताउँदै सिलवालले अगाडिको साग गेम नै आफ्नो लागि अग्नी परीक्षा भएको प्रष्ट पारे । खेलकुदको क्षेत्रमा रहेको समस्यालाई समाधान गरेरै छाड्ने उनको जिकिर थियो । साग गेम नै आफ्नो लागि चुनौति रहेको उनको जिकिर थियो । साग खेलकुदसम्बन्धी समिति बनाउने बताए ।

उनले लामो समयदेखिको क्रिकेट विवादलाई शिघ्र समाधान गर्र्ने आश्वस्त पारे । ‘क्रिकेट विवादका लागि समाधानको लागि समिति बनिसकेको छ,’ उनले भने, ‘केही मान्छेहरु क्रिकेटलगायत खेलकुदको जीवन नै भाँड्ने कार्यमा लागेका छन् । खेलकुदको भविष्य विगार्ने छुट कसैमा छैन । अदालतले पनि यसबारे छिटो न्याय दिनुपर्छ । ढिला न्याय दिनु भनेको अर्को अन्याय हो । यसका लागि अदालतसम्म पनि हाम्रो प्रयास रहन्छ । आइसीसीसम्म पुगेर क्रिकेट विवाद समाधान गर्छौ ।’

केन्द्र, प्रदेश र स्थानीय पालिकाबीचको संयोजन फितलो भएका कारण उनले खेलकुदको विकास हुन नसकेको प्रष्ट पारे । उनले भने, ‘अब खेलकुदलाई केन्द्र, प्रदेश र स्थानीय सरकारबीच जोडिन्छ ।’

उनले साग गेमका लागि खेलकुदको भौतिक पूर्वाधार र खेलाडीहरुको व्यवस्थापन पहिलो प्राथमिकतामा पर्ने जनाए । उनले खेलकुदको मैदान तयारीदेखि खेलाडीहरुको व्यवस्थापनमा ध्यान दिने उल्लेख गरे । साग गेमका लागि इन्डिभिजूअल गेमहरुको प्रशिक्षण शुरु भइसकेको र टिम ईभेन्टका गेमहरुको पनि छिट्टै प्रशिक्षणको थालनी गर्र्ने बताए ।

उनले अब मुख्य प्रशिक्षकहरुलाई पनि करारमा नियुक्त गरिने बताए । मुख्य प्रशिक्षकहरु स्थायी नियुक्त नभई करारमा नियुक्त गरिने उनको भनार्ई थियो ।

‘मूख्य प्रशिक्षकहरुले अन्य प्रशिक्षकहरु र दक्ष खेलाडी उत्पादन गर्न सक्नुपर्छ,’ सदस्य सचिव सिलवालले भने, ‘उनीहरुले जागिर खाने मात्रै भन्दा पनि खेलकुदको विकासमा ध्यान दिनुप¥यो । खेलकुदमा रिजल्ट ओरियन्टेड हुनुप¥यो । अब, पदकको संभावना रहेको खेलकुदमा मात्र लगानी गरिन्छ । अरु क्रमशः प्राथमिकतामा पर्छन् ।

खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षता र स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव राजाराम पौडेलले संचालन गरेका थिए ।

भूतपूर्व होइन, भेट्रान्स खेलाडी मञ्च

 

यसअघि, सदस्य सचिव सिलवालले साग गेमको तीन महिना अघि नै पोखरामा भौतिक पूर्वाधार बनिसक्ने उल्लेख गरे । कात्तिकको १५ गतेभित्र पोखरा रंगशालाको निर्माण कार्य पूरा हुने उनको दावी थियो ।

भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, सिलवालले भने ‘१३ औं सागका लागि विशेषगरी आफ्नो ध्यान पोखराको भौतिक पूर्वाधारमा हुनेछ,’ उनले भने, ‘साग गेम शुरु हुने तीन महिना अघि नै यहाँको रंगशाला बन्नेछ ।’

मुख्य प्रशिक्षकहरुकै भूमिकाबाट खेलकुदको विकास भर पर्ने उनको कथन थियो । मुख्य प्रशिक्षहरुलाई अब प्रशिक्षकहरुकै बीचबाट छनौट गरिन्छ । उनीहरुले राम्रो गरे करार थप हुन्छ । राम्रो नगरे करारबाट पनि हटाइन्छ ।’

उनले भूतपूर्व खेलाडी मञ्चलाई भेट्रान्स खेलाडीहरुको मञ्च बनाउन आग्रह गरे । ‘खेलकुदका कार्यक्रममा क्रियाशील संस्था भूतपूर्व हुन सक्दैन,’ उनले दोहो¥याए, ‘ खेलकुदका क्षेत्रमा दक्षता र विशिष्टता हासिल गर्ने व्यक्तित्वहरु मञ्चमा हुनुहुन्छ । म खुशी छु, भाग्यमानी छु । तपाँईहरुको खेल क्षमता, दक्षता र विशिष्टतालाई खेलकुद क्षेत्रले अधिकतम रुपमा उपयोग गर्नुपर्छ ।’

सवै तहको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ढिलोमा फागुनसम्म सक्नुपर्नेमा उनले जोड दिए । वर्षायाममा राष्ट्रपति रनिङ शिल्ड उपयुक्त समय नभएको उनको भनाई थियो ।