पत्रकार लालप्रसाद शर्मालई ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान

पुरस्कार राशि २५ हजार रुपैयाँ छ

जनसम्मत
जेठ ९, २०८३, शनिबार

पत्रकार लालप्रसाद शर्मालई ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८३’ बाट सम्मानीत भएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीले शर्मालाई सो पुरस्कार प्रदान गरेको हो।

शर्मा, महासंघ कास्कीको १८ औं साधारण सभामा सो पुरस्कारबाट सम्मानीत भएका हुन्।

नेपाल पत्रकार महासंघ, कास्कीद्वारा संचालन गर्नेगरी गजेन्द्र भण्डारी परिवारबाट सो पुरस्कार स्थापना गरेको हो।

गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्थामन्त्री भीम कार्की, पुरस्कार स्थापनाकर्ता भण्डारी परिवार, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले नगद २५ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्लाले शर्मालार्य सम्मान गरेको हो।

नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ सदस्य रहेको छनौट समितिले पत्रकार शर्माको नाम सम्मानका लागि सिफारिस गरेको थियो।

पर्वतको कुस्मा नगरपालिका-१३, खौलालाँकुरी पर्वतमा वि.सं. २०३२ सालमा जन्मिएका लालप्रसाद शर्माले २०५४ सालदेखि पत्रकारिता सुरु गरेका हुन्।

सुरुवाती दिनमा नारी सन्देश पत्रिकामा लेख रचना प्रकाशित गरी पत्रकारितामा लागेका शर्माले आदर्श समाज, नेपाल समाचारपत्र, पोखरा हटलाइन पत्रिका, निष्पक्ष अभिमत, कान्तिपुर दैनिक हुँदैं उनी हाल ढोरपाटन दैनिकमा सह–सम्पादकको रुपमा कार्यरत छन्।

सम्मानपछि पत्रकार शर्माले यस सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न अझ प्रेरित गरेको बताए।

कार्यक्रममा पुरस्कार स्थापनाकर्ता भण्डारी परिवारले उक्त पुरस्कारको अक्षयकोषमा थप १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।