
घरेलु नेपाली टोली काभा महिला भलिबल च्याम्पियनसीपको सेमिफाइनलमै रोकिएको छ।
च्याम्पियनसीपको सेमिफाइनलमा घरेलु नेपाल इरानसँग सोझो सेटमा पराजित बन्यो।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आज (विहीबार) भएको खेलमा घरेलु नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो।
इरानले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–११ ले जित्यो।
अब, इरानले उपाधिका लागि फाइनलमा भोलि (शुक्रबार) काजकिस्तानसँग खेल्नेछ।
आजै भएको पहिलो सेमिफाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो।
यस्तै, नेपालले तेस्रो स्थानका लागि भोलि नै भारतसँग खेल्नेछ।