साफ महिला च्याम्पियनसीप: भूटानलाई हराउँदै नेपालको विजयी सुरुआत

उद्घाटन खेलमा नेपालले भूटानलाई १-० गोलले हरायो

जनसम्मत
जेठ ११, २०८३, सोमबार

भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनसीपमा विजयी सुरुआत गरेको छ।

भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (सोमबार) भएको उद्घाटन खेलमा नेपालले भूटानलाई १-० गोलले हरायो।

नेपालकी गीता रानाले खेलको २३ औँ मिनेटमा गरेको प्रहार भूटानी खेलाडीले रोक्ने क्रममा आत्मघाती गोल भएको हो।

प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका छन्।

अब, नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार जेठ १७ गते श्रीलंकासँग खेल्नेछ।

यस्तै, समूह ‘बी’ मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स छन्।

समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ।