सिमोना हालेपलाई विम्बलडन उपाधि

फाइनलमा सातौं वरीयताकी हालेपले बेलायती सेरेना विलियम्सलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन्

एजेन्सी
असार २९, २०७६, आइतबार

पूर्व विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप बेलायतमा जारी विम्बल्डन टेनिसको पहिलोपटक उपाधि उचाल्दै ।

हालेप, विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् । हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो ।

शनिबार भएको फाइनलमा सातौं वरीयताकी हालेपले बेलायती सेरेना विलियम्सलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । हालेपले सेरेनाविरुद्ध जित निकाल्न ५६ मिनेटको समय खर्चिइन् ।

पुरुषतर्फको विम्बल्डन टेनिसको फाइनलमा भने तेस्रो वरीयताका स्विस टेनिस स्टार रोजर फेडरर प्रवेश गरेका छन् । उनले फाइनलमा आइतबार शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचसँग खेल्नेछन । फेडेररले फाइनलमा जोकोभिचलाई हराएमा नबौ पटक यो प्रतियोगिताको उपाधि जित्ने मार्टिनासँगको रेकर्ड बराबरी गर्नेछन ।

शुक्रबार राति सेन्ट्रल कोर्टमा भएको खेलमा फेडेररले दोस्रो वरीयताका स्पेनिस रफायल नाडाललाई ३–१ को सेटमा हराउँदै उपाधिनजिक पुगेका हुन् । फेडेररले शुरुवाती सेट ७–६ ले जितेपनि दोस्रो सेट १–६ ले गुमाएको थियो ।

तर, बाँकी दुई सेट फेडेररले ६–३ र ६–४ ले आफ्नो पक्षमा पार्दै नवौं पटक विम्बल्डनको उपाधिनजिक पुगेका हुन् । यता जोकोभिचले बाउटिस्टा अगुटलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।