
नेपाल साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ।
च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो।
अग्रतालाई जोगाउन नसक्दा नेपालको सेमीफाइनलबाटै च्याम्पियनसीप यात्रा रोकियो।
भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (बुधबार) भएको खेलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित भयो।
खेलको २३ औँं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
तर, पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो।
त्यसपछि, दोस्रो हाफको इन्ज्युरी समयमा बंगलादेशले अर्काे गोल गर्यो।
प्रतियोगिताको आठौँ संस्करणसम्म आइपुग्दा नेपाल ६ पटक उपविजेता बन्दा २ पटक सेमिफाइनलबाट बाहिरिएको छ।
नेपाल अहिलेसम्म उपाधिविहीन छ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आजै राति भारत र भूटान खेल्दैछन्।
अब, बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ।
फाइनल खेल पर्सि (शुक्रबार) हुनेछ।