
पोखरामा कृयाशील पत्रकार दुर्गा रानामगर ‘पोखरा युथ एक्सेलेन्स अवार्ड-२०८३’ बाट सम्मानीत भएकी छन्।
पोखरा नगर युवा परिषदले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै पत्रकार रानामगरलाई सो अवार्ड प्रदान गरेको हो।
युथ फेस्टिभल-२०८३’ को समापन अवसरमा परिषदले सो अवार्ड प्रदान गरेको हो।
पोखरा महानगर प्रमुख धनराज आचार्यले रानामगरलाई दोसल्ला ओढाएर ३० हजार रुपैयाँ नगदसहित सो अवार्ड प्रदान गरे।
यो वर्ष, यो अवार्ड पाउनेमा पत्रकार रानामगरलगायत ६ जना छन्।
यो अवार्डबाट सम्मानीत हुनेहरुमा पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी क्षेत्रमा नवज्योति सुवेदी, खेलकुद क्षेत्रमा नारायणी भण्डारी र अपाङ्गता सशक्तीकरण क्षेत्रमा सन्ध्या सुवेदी छन्।
प्राडा भीमनाथ बराल संयोजक, तेज गुरुङ, मनोहर कडरिया, केशवशरण लामिछाने, अन्जु केसी र विक्रम कर्माचार्य सदस्य रहेको समितिले अवार्डका लागि प्रतिभा छनोट गरेको हो।