प्रकाश र शान्तिश्रीलाई छिन्नलता नव प्रतिभा पुरस्कार

गत बर्ष सार्बजनिक भएको निकै लोकप्रिय गीत ‘बोल माया’ का गायक तथा गायिकालाई २०७५ को छिन्नलता नव प्रतिभा पुरस्कार दिएको हो

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । लोकगित क्षेत्रका निकै लोकप्रिय जोडी प्रकाश सपुत र शान्तिश्री परियार ‘छिन्नलता नव प्रतिभा’ पुरस्कारद्वारा सम्मानीत भएका छन् ।

उक्त पुरस्कारबाट सम्मानीत भएपछि प्रकाश सपुत र शान्तिश्रीले सामूहिक तस्वीर खिचाउँदै स्टाटसहित सामाजिक सञ्जालमा फोटो पेष्ट गरेका छन् ।

गत बर्ष सार्बजनिक भएको निकै लोकप्रिय गीत ‘बोल माया’ का गायक तथा गायिकालाई २०७५ को छिन्नलता नव प्रतिभा पुरस्कार दिएको हो । पुरस्कार पाएपछि गायक प्रकाश सपुतले आफ्नो सामाजिक संजालमा खुसि व्यक्त गरेका छन् ।

‘छिन्नलता नव प्रतिभा’ अवार्डद्वारा पुरस्कृत भएपछि हालसम्म आफूले ग्रहण गरेका राष्ट्रियस्तरका पुरस्कारमध्ये सबैभन्दा ठूलो पुरस्कार पाएको प्रकाश सपुतले बताएका छन् । पुरस्कार पाएपछि उनले आफ्नी बाबा–आमालाई सम्झिएका छन् ।

अग्रज नारायण रायमाझीलाई धन्याबाद दिंदै र बोलामायाको संपूर्ण युनिटलाई धन्यबाद दिएका छन् । सपुतले बोलामायाको सफलताको श्रेय श्रोता–दर्शकलाई दिएका छन् ।