भदौको अन्तिम साता लेकसाइडमा फुटसल

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ

जनसम्मत
असार ३०, २०७६, सोमबार

पोखरा । भदौको अन्तिम साता लेकसाइडमा होटल तथा रेष्टुरेन्ट फुटसल प्रतियोगिता हुने भएको छ ।

लेकसाइड एरिनाको आयोजनामा भदौको २३ देखि २५ गतेसम्म पोखराको होटल तथा रेष्टुरेन्टबीच फुटसल प्रतियोगिता हुने भएको एरिनाका प्रोपाइटर विनोद गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको उनले जनाए । उत्कृष्ट खेलाडीलाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था रहेको प्रोपाइटर गुरुङले बताए ।

प्रतियोगिता सहभागिताका लागि टिम दर्ता शुल्क ४ हजार लाग्नेछ । एउटै संस्थाबाट दुई टिम दर्ता शुल्क ७ हजार लाग्ने आयोजकले बताएको छ । भदौको २१ गतेसम्म टिम दर्ता गर्न सकिने गुरुङले बताए । भदौको २२ गते टाइसिट प्रकाशन गरिने गुरुङको भनाई छ ।

प्रतियोगितामा ४० भन्दा बढि टिमको सहभागिता रहने गुरुङले बताए । एउटा टिममा ७ खेलाडी, १ व्यवस्थापक र एक मूख्य प्रशिक्षक अनिवार्य हुनुपर्नेछ ।

पोखराको लेकसाइडस्थित लेकसाइड एरिनाको कोर्टमा प्रतियोगिता हुने भएको हो । विगत ३ महिनादेखि यता साविकको च्याम्पियन फुटसल कोर्टको नाम परिवर्तन गरी हाल लेकसाइड एरिनाको नामबाट फुटसल संचालन गरिदै आएको छ ।