आइसीसी विश्वकपमा केन विलियम्सनको नयाँ रेकर्ड

केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ वर्ष पुरानो कीर्तिमान तोडे

एजेन्सी
असार ३०, २०७६, सोमबार

न्यूजिल्याण्डका केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।

यसअघि, श्रीलंकन खेलाडी महेला जयबद्र्धनेले बनाएको ५ सय ४८ रनको रेकर्डलाई विलियम्सनले तोडेका छन् । एकै विश्वकपमा धेरै रन बनाउने अब विलियम्सन पहिलो कप्तान बनेका छन् । फाइनल खेलपछि उनले कुल ५ सय ७८ रन बनाएका छन् । जसमा उनले १० पारी खेलेका छन् । जयबर्दनेले २००७ को विश्वकपमा रेकर्ड बनाएका थिए ।

भारतका रोहित शर्मा सर्वाधिक रन बनाउने खेलाडी बने । रोहितले ९ खेलमा ५ शतक, १ अर्धशतक र ६ सय ४८ रन बनाउन सके । त्यस्तै, अष्ट्रेलियाका मिचेल स्टार्क सर्वाधिक विकेट लिने खेलाडी बने । स्टार्कले १० खेलमा २७ विकेट लिन सफल भए ।