राष्ट्रपति रनिङ शिल्ड : भलिबलमा गण्डकीलाई दुई स्वर्ण

गण्डकी प्रदेशको छात्र छात्रा दुवै टिमले राष्ट्रपति रनिङ शिल्डको स्वर्ण पदक जित्न सफल भएको हो

जनसम्मत
श्रावण १, २०७६, बुधबार

पोखरा । काठमाण्डांैमा जारी केन्द्रीयस्तरको ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकी प्रदेशले भलिबलमा दुई स्वर्ण पदक जितेको छ ।

गण्डकी प्रदेशको छात्र छात्रा दुवै टिमले राष्ट्रपति रनिङ शिल्डको स्वर्ण पदक जित्न सफल भएको हो ।

प्रतियोगिता अन्तरगत मंगलबार सम्पनन छात्रातर्फको भलिबल फाइनलमा गण्डकी प्रदेशले प्रदेश नं ५ लाई ५–२ को सेटमा हराउँदै स्वर्ण जित्न सफल रह्यो ।

गण्डकीले पहिलो दुई सेट २५–१८ र २५–१३ ले जितेर उपाधि नजिक पुगेपनि तेश्रो सेट २२–२५ र २५–२७ ले गुमाउँदा र निर्णायक सेटमा कम ब्याक गर्दै १५–७ ले जितेर छात्रातर्फको भलिबल उपाधी उचाल्न सफल रह्यो ।

छात्रतर्फको फाइनल खेलमा गण्डकीले फाइनलमा सुदूरपश्चिमलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा जित्दै स्वर्ण पदक हात पा¥यो ।