‘द डार्क एण्ड लाइट’ को ट्रेलर

‘डार्क एण्ड लाइट’ हरेक व्यक्तिको जीवनमा मेल खाने चलचित्र बनेको छ

जनसम्मत
श्रावण ३, २०७६, शुक्रबार

पोखरा । चलचित्र ‘द डार्क एण्ड लाइट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको ट्रेलरमा एक्सन र बदलालाई प्राथमिकता दिइएको छ ।

निर्देशक अभिनेता पिटर खालिङका अनुसार ‘डार्क एण्ड लाइट’ हरेक व्यक्तिको जीवनमा मेल खाने चलचित्र बनेको छ । खेलाडी शेसुका राईलाई ट्रेलरममा एक्सन अवतारमा देखाइएको छ ।

चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेविड शंकर र सरस्वती भुजेलको स्वर रहेको छ । खालिङ सिस्टर्स मूभिज प्रालिको ब्यानरमा चलचित्र निर्माण भएको हो । पिटर खालिङ राईले चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका छन् ।