‘एकलब्य’को ‘मलाई बनायौ किन ?’

युवराज चौलागाईं र मेलिना राईको स्वर रहेको उक्त गीतमा राजेन्द्र बजगाईंको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ

जनसम्मत
श्रावण ४, २०७६, शनिबार

पोखरा । चलचित्र ‘एकलब्य’को गीत ‘मलाई बनायौँ किन ?’ सार्वजनिक गरिएको छ ।

युवराज चौलागाईं र मेलिना राईको स्वर रहेको उक्त गीतमा राजेन्द्र बजगाईंको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।

पारिवारिक प्रेमकथामा निर्माण गरिएको ‘एकलब्य’लाई अनमोल शर्माले निर्देशन गरेका छन् । चलचित्रमा सोनम थापामगर, ओसिन भट्टराई, पुस्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, महिमा सिलवाल, राजेन्द्र दुलाल, विराग लोगुनलगायतका कलाकारको अभिनय रहेको छ ।

अभि फिल्मसको व्यानरमा निर्मित चलचित्रमा राजेन्द्र बजगाईंको संगीत, भोजराज देवकोटाको पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।