लक्ष्मीको ‘माइतीको आँगन’

‘माइतीको आँगन’ गीतको भिडियोमा प्रदिपकुमार रसाईली र नायिका समिता गिरीले नृत्य गरेका छन्

जनसम्मत
श्रावण ४, २०७६, शनिबार

पोखरा । यतिखेर नेपाली सांगीतिक बजार तीजमय बन्दै गएको छ ।

यस वर्षको तीज नजिकिदैं गर्दा गायिका लक्ष्मी पुरी प्रधानले ‘माइतीको आँगन’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।

‘माइतीको आँगन’ गीतमा शब्द किरण के उप्रेतीको रहेको छ । बुद्ध स्याङबाले गीतमा संगीत तथा एरेन्ज भरेका छन् । प्रदिप कुमार रसाईलीले गीतको निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

दिपक गिरीको छायांकन रहेको गीतको भिडियो सम्पादन अमृत चापागाईले गरेका छन् । ‘माइतीको आँगन’ गीतको भिडियोमा प्रदिपकुमार रसाईली र नायिका समिता गिरीले नृत्य गरेका छन् ।