’बरिलै तीजमा’ सार्वजनिक

रेखाको ‘बरिलै तीजमा’ मा गायिका तथा अभिनेत्री सारिका घिमिरेको आकर्षक नृत्य छ

जनसम्मत
श्रावण ४, २०७६, शनिबार

पोखरा । यो वर्षको नेपाली महिलाहरुको महान चार्ड तीज नजिकिदो छ ।

यस वर्षको तीजका लागि अहिलेदेखि नै तीजसम्बन्धीका गीतहरु सार्वजनिक हुने क्रम सुरु भइसकेको छ । यसै क्रममा संगीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा’को भिडियो सार्वजनिक गरिएको छ । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यउ तीज गीतमा कृष्ण बिकको एरेञ्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

यो गीतको भिडियो हालैमात्र युट्युवमार्फत सार्वजनिक गरिएको हो । रेखाको ‘बरिलै तीजमा’ मा गायिका तथा अभिनेत्री सारिका घिमिरेको आकर्षक नृत्य छ । यस भिडियोमा सारिकासँगै रेखा र अन्य कलारको पनि आकर्षक नृत्य रहेको छ । विदुर सिवाकोटीको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनीको समूहले छायांकन गरेको हो । भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।