हट मोडल करिश्मा ढकाल र गायिका कला लम्साल

तिज गित ‘पातली’ मा नेपाली लोक संगीत क्षेत्रकी चर्चित हट मोडल करिश्मा ढकाल र कला लम्साललगायतको अभिनय छ

जनसम्मत
श्रावण ४, २०७६, शनिबार

पोखरा । पछिल्लो समय नृत्यमा व्यस्त करिश्माले नजिकिदै गरको तीजको अवसरमा ‘पातली’ बोलको तीज गीतमा हट फिचरिङ दिएकी छन् ।

चर्चित गायिका कला लम्सालको तिज गित ‘पातली’ युट्युबमार्फत हालैमात्र सार्वजनिक भएको हो । नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित ‘पातली’ नेपाली मौलिक संस्कृतिको महत्व बोकेको गीत मानिन्छ ।

चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको हो । गितमा नेपाली लोक संगीत क्षेत्रकी चर्चित हट मोडल करिश्मा ढकाल र कला लम्साललगायतको अभिनय छ ।