गायिका स्मिताको नयाँ गीत ‘जालमै पार्छु’

गीतमा चर्चित मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीको अभिनय छ

जनसम्मत
श्रावण ४, २०७६, शनिबार

पोखरा । गायिका स्मिता दाहालको ‘जालमैं पार्छु’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा स्मितासँगै आशिष अविरलको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा गायक आशिष अविरलको संगीत तथा एरेन्ज भरेका छन् ।

चर्चित मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीको अभिनय रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविण सिंहले गरेका छन् । म्यूजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईको र सम्पादन विकाश ज्ञवालीको रहेको छ ।

काठमाण्डौंमा शुक्रबार भिडियो सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, भरतपुर महानगरकी मेयर रेणु दाहाल, स्मिता दाहालकी आमा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालकी स्वकिय सचिव गंगा दाहाल, गायक रामकृष्ण ढकाल, कलाकार जितु नेपाललगायतले स्मिता दाहालको नयाँ गीतलाई सफलताको शुभकामना दिएका छन् । गायिका स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन् ।