नेपाली तेक्वान्दो टोलीको विदाई

टोली प्रमुखमा कुमार लामा घिर्सिङ, व्यवस्थापकमा महेश्वर नेपाल तथा प्रशिक्षकमा बब्लु सिवाकोटी र बलराम कार्की छन्

जनसम्मत
श्रावण ४, २०७६, शनिबार

पोखरा । सरावक चिफ मिनिस्टर अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।

प्रतियोगितामा सुजन घर्तीमगर, एलिशा सुनुवार, अभिषेक कट्वाल क्षेत्री, विसन गुरुङ, कृष थापा, आर्यन बस्नेत, धर्मजित विक, आस्था दाहाल, विपुल अर्याल, रुपसना जर्घा, सागर छन्त्याल, कुमार तामाङ, सरोज तामाङ, ज्ञानबहादुर परियार, राकेश गुरुङ, कृतिक भण्डारी र निर्मल लामा छन् ।

टोली प्रमुखमा कुमार लामा घिर्सिङ, व्यवस्थापकमा महेश्वर नेपाल तथा प्रशिक्षकमा बब्लु सिवाकोटी र बलराम कार्की छन् । जुलाई १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाई गरे ।