प्रिन्स, एशिया जुनियर ब्याडमिन्टनको क्वाटरफाइनलमा

एजेन्सी
श्रावण ९, २०७६, बिहीवार

नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले आफ्नो खेल जित्दै एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसीपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मित्र राष्ट्र चिनको सुझौ सहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसीप २०१९ मा जित निकाल्दै प्रिन्सले दोश्रो चरणमा स्थान बनाएका छन् । च्याम्पियनसीपको पहिलो चरणको खेलमा प्रिन्सले पुरुषतर्फको एकल यु–१९ मा सिंगापुरका ईह्यु बेन्जामिन लीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् ।