तीज गीत ‘रेशमैको फरिया’ सार्वजनिक

गीतमा नायिका तथा मोडल रेजिना उप्रेतीको फिचरिङ रहेको छ

जनसम्मत
श्रावण ९, २०७६, बिहीवार

पोखरा । तीज गीत ‘रेशमैको फरिया’ को म्युजिक भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

गीतमा नायिका तथा मोडल रेजिना उप्रेतीको फिचरिङ रहेको छ । गायिका निर्मला भन्डारीको आवाजमा रहेको तीज गीत ‘रेशमैको फरिया’ को हालैमात्र युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भगवान भण्डारीले गीतमा शब्द तथा संगीत भरेका छन् । संगीतको संयोजन जुजु गुरुङले गरेका छन् । भिडियोमा कोरीयोग्राफी तथा भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । भिडियोमा रेजिना उप्रेतीसँगै र गायिका निर्मला भण्डारीले समेत नृत्य गरेकी छन् ।