रमिलाको तीज गीत ‘पशुपतिमा चाँदीको ढोका’

गीतको म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गरेका छन्

जनसम्मत
श्रावण ९, २०७६, बिहीवार

पोखरा । गायिका रमिला न्यौपानेले आफ्नो नयाँ तीज गीत ‘पशुपतिमा’ सार्वजनिक गरेकी छिन् ।

पछिल्ला वर्षहरुमा निरन्तर तीज गीत बजारमा ल्याइरहेकी उनले खुमन अधिकारीसँग उक्त गीत गाएकी हुन् । न्यौपाने लगायत बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको कोरस स्वर छ ।

बाबुराम बोहरा शब्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । गीतको म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गरेका छन् । प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमेरेले खिचेका हुन् । विष्णु शर्माले गीतलाई सम्पादन गरेका छन् । युट्युबमार्फत सनराइज म्युजिकले गीतलाई बजारमा ल्याएको हो ।

यसअघि, गायिका रमिलाले १५० भन्दा बढी गीतहरु गाइसकेकी छिन् । रमिलाले १४ वटा लोकसंगीतका एल्बमहरु बजारमा ल्याइसकेकी छिन् । ‘म त आउँदिन है कालु हो’, ‘मेड इन नेपाल’, ‘झमझम् दर्कियो पानी’, ‘ओम शिव शंकर भोला’, ‘आँखा मारी–मारी’, ‘बर्बादै भयो’, ‘आशीर्वाद माग्छु’, ‘घाम लाग्यो, शितलु भयो’, ‘काठमाडौंमा ट्याक्सी चलाउने’, ‘नराम्ररी फसे’, ‘फेसबुकमा फोटो’, ‘आउ–आउ माया’, ‘सिस्नुपानी’लगायतका एल्बमहरुमा रमिलाले स्वर भरेकी छिन् ।