‘कानोमे आँहाके झुम्का’ मा ठुम्का

म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा आफैं र मोडेल ऋचा थापाले ठुम्का गरेका छन्

जनसम्मत
श्रावण ९, २०७६, बिहीवार

पोखरा । गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको आवाजमा मैथिली गित ‘कानोमे आँहाके झुम्का’ सार्बजनिक भएको छ ।

थुप्रै नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिइसकेका गायक विश्वकर्माको ‘दिवानी’ एल्बमको उक्त गीतको म्युजिक भिडियो समेत बनाइएको छ ।

गायक विश्वकर्माकै शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् । दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिपकुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा आफैं र मोडेल ऋचा थापाले ठुम्का  गरेका छन् ।