बिष्णु माझीको ‘पाक्यो बेलौती’

गीतको म्युजिक भिडियोमा ललिता पौडेलको उत्कृष्ट नृत्य रहेको छ

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । नेपाली लोक संगीत क्षेत्रकी बहुचर्चित गायिका बिष्णु माझीको यस बर्षको तीजका लागि पहिलो तीज गीत ‘पाक्यो बेलौती’ को म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

म्युजिक भिडियोको बुधबार मात्रै युट्युबमार्फत सार्वजनिक गरिएको हो । सुन्दरमणि अधिकारीले गीतको शब्द तथा लय सृजना गरेका हुन् ।
पछिल्लो समय नेपाली लोक सांगीतीक बजारमा गायिकाको रुपमा एकछत्र राज गर्न सफल बिष्णु माझीका हरेक गीतले सफलता हात पार्दै आएको छ । विष्णुले गाएको यस वर्षको ‘डाली नुगाइदेउन राजै, पाक्यो बेलौती’ को यस गीत सँगसँगै म्युजिक भिडियोले राम्रो सफलता पाउने अनुमान लगाइएको छ ।

गीतको म्युजिक भिडियोमा ललिता पौडेलको उत्कृष्ट नृत्य रहेको छ । भिडियोलाई सुन्दरमणि अधिकारीले निर्देशन गरेका छन् । काजिश श्रेष्ठले म्युजिक भिडियोको छायांकन गरेका हुन् । सुजन शाहीले म्युजिक भिडियोको सम्पादन गरेका हुन् ।