‘बहिनी नाचिन’ सार्वजनिक

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । गायक हेमन्त कान्छा रसाइली र गायिका सम्झना भण्डारीको ‘बहिनी नाचिन’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

सपना रसाइलीको शब्द तथा गायक हेमन्त कान्छाको संगीत रहेको उक्त गीतलाई । पृथ्वी इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

शिव विकले गीतको भिडियोलाई निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियोको गीतमा रेशम फिरिरि, हेमन्त कान्छा रसाइली, विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी, एलिना ठकुरी, रुपा सुनार, लक्ष्मी भण्डारीले नृत्य गरेका छन् ।