गीता अधिकारीको ‘तीजैमा ब्रत बसी’ सार्वजनिक

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । सञ्चारकर्मी गीता अधिकारीले आफ्नै गीतको फिचरिङमा ‘तीजैमा ब्रत बसी’ बोलको गीत लिएर आएकी छिन् ।

गीताले यस वर्षको तीजलाई लक्षित गरेर उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । अधिकारीकै शब्द रहेको गीतको म्युजिक भिडियोलाई एक कार्यक्रमबीच सार्वजनिक गरेकी हुन् ।

नायिका तथा गायिका सारिका घिमिरेको स्वर र नायिका पुजना प्रधान, सारिका र गीतालगायतले अभिनय गरेको गीतको भिडियो गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यतामा अभिनेत्री चैत्यदेवी, गीतकार डा. डीआर उपाध्याय, कलाकार लय संग्रौला, उत्तम केसी, सञ्चारकर्मी शान्तिप्रिय, गायक सिताराम पोखरेल, संगीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतले सार्वजनिक गरेका हुन् ।

नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय संकलन रहेको छ । भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ ले छायाकन गरेका हुन् ।