‘भाइरल काली’ म्युजिक भिडियो सार्वजनिक

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । युट्युबमार्फत तीजको गीत ‘भाइरल काली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा पुजन घिमिरे र शोभा ढकालको स्वर रहेको छ । शोभाले नै ‘भाइरल काली’ मा संगीत भरेकी छिन् । डीबी हमालले गीतमा लय मिलाएका छन् । मालाश्री रेकर्डिङमा रेकर्ड गरिएको गीतलाई कामना डिजिटल प्रा.लि.ले प्रस्तुत गरेको हो ।

समीर ठोकरले निर्देशन गरेको म्युजिक भिडियोलाई नरेश ऐरले छायांकन गरेका हुन् । कृष्ण केसीले गीतमा एरेञ्ज गरेका छन् । गीतमा पुजन घिमिरे र प्रेम भारतीको मूख्य अभिनय रहेको छ ।