भदौको २० गतेदेखि चलचित्र ‘सोंच’को प्रदर्शन

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । एक्सन लभ स्टोरी फिल्म ‘सोंच’ आगामी भदौ २० गते अल नेपाल रिलिज हुने भएको छ ।

रिलिज डेट नजिकिँदै जाँदा यसको टिजर सार्वजनिक गरिएको छ ।

पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेको फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना र पुजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रज्वल, नीता र निर्देशक पुजन स्वयं मुख्य भूमिकामा छन् ।

गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा कथा निर्देशक पुजनकै रहेको छ । कृष्ण आचार्यको पटकथा र संवाद रहेको छ । रामजी लामिछाने र पुजन सिंहको कोरियोग्राफी रहेको छ । एनबी महर्जनको द्वन्द्व र विदुर पाण्डेको छायांकन रहेको छ ।