चलचित्र ‘बैना बट्टा’ को पहिलो गीत ‘तिमिसँग’

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । नेपाली चलचित्र ‘बैना बट्टा’ को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतमा दिपा लामा र सन्तोष राईको स्वर रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार देवेन्द्र नेम्बाङ र कबिता राईले अभिनय गरेका छन् ।

त्यस्तै, प्रेम लावतीले चलचित्र निर्माण गरेका हुन् । भवानी घिमिरे, बिक्रम नेम्बाङ, राम लावती, एबीराज आङदेम्बे, समिल राई, सुनिता लिम्बु र यसराज योङयाङ चलचित्रको सह–निर्माता हुन् । देवजंग थापाले फिल्मको छायाकन र सम्पादन गरेका हुन् । कमल राईको फिल्ममा कोरियोग्राफी रहेको छ ।

चलचित्रमा राज चामलिङको लेखन तथा निर्देशन रहेको छ । असोज पहिलो साताबाट रिलिज हुने चलचित्रमा देबेन्द्र नेम्बाङ र कबितासँगै बाबु मोक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमनसिंह लिम्बु, प्रकाश थेबे, कृष्णराज नेम्बाङ र पुष्प राज आङबुहाङ लगायतका थुप्रै कलाकारको अभिनय रहेको छ ।