फिफा वरीयतामा नेपाल १६६ औं स्थानमा

फिफा वरीयताको शीर्ष स्थानमा बेल्जियम कायमै छ

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा पुगेको छ ।

त्यस्तै, दुई स्थान तल झरेको भारत १०३ औं स्थानमा छ । दक्षिण एसियाकै अन्य देशमध्ये माल्दिभ्स १५२ औं स्थानमा छ । १ स्थान सुधार गरेको बंगलादेश १८२ औं स्थानमा छ । भुटान १८६ औं स्थानमा यथावत छ । त्यस्तै, श्रीलंका २०० औं र पाकिस्तान २०४ औं स्थानमा छ ।

फिफा वरीयताको शीर्ष स्थानमा बेल्जियम कायमै छ । विश्व विजेता फ्रान्सलाई पछि पार्दै कोपा अमेरिका च्याम्पियन बनेको ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ । तीन स्थान सुधार गरेको उरुग्वे पाँचौं स्थानमा उक्लिएको छ ।

शीर्ष छैटौंमा पोर्चुगल, सातौंमा क्रोएसिया, आठौंमा कोलम्बिया, नवौंमा स्पेन र दर्शौ स्थानमा अर्जेन्टिना छ । एसियाली देशहरुमध्ये इरान शीर्ष स्थानमा छ । इरान ३ स्थान झरेर २३ औं स्थानमा पुगेको छ । पाँच स्थान खस्किएको जापान ३३ औं स्थानमा र दक्षिण कोरिया ३७ औं स्थानमा छ ।