जमुना रानाको ‘तीजको बेला आयो’

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । गायिका जमुना रानामगरको तीज कोशेली ‘तीजको बेला’ बजारमा आएको छ ।

‘नाच दिदी वहिनी हो, तीजको बेला कति रमाइलो’ बोलको तीज गीतको उक्त म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको फिचर रहेको छ । म्युजिक भिडियोको फिचरमा स्मृृतिलाई शंकर विसीले साथ दिएका छन् । उक्त म्युजिक भिडियो हालैमात्र युट्युबमार्फत सार्वजनिक भएको हो ।

गीतको स्वरमा जमुनालाई गायक पशुपति शर्माले सघाएका छन् । गायक पशुपति शर्माले नै गीतमा शब्द र लय भरेका हुन् । गुरु आमा फिल्मस्ले निर्माण गरेको उक्त म्युजिक भिडियोेलाई सुजन म्युजिक प्रा.लि.ले प्रस्तुत गरेकोे हो । स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले म्युजिक भिडियोको निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई सुधन बस्नेतले सम्पादन गरेका छन् ।