कामना सेवा विकास बैंक र साहारा हस्पिटल प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता

जनसम्मत
चैत्र २७, २०७५, बुधबार

पोखरा, २७ चैत । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रालि पोखराबीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार अब बैंकका संपूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् ।

सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु समेत लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटल प्रालिको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर  कार्यक्रममा भट्टराईले बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, सी–एएसबीएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको वताए ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।