तीजको गीत ‘चुरा’ तीजको गीत सार्वजनिक

शिव हामलले गीतमा लय मिलाएका छन्

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । सञ्चारकर्मी गणेश पाण्डेले आफ्नो तीज गीतको म्युजिक भिडियो ‘चुरा’ युट्युबमा रिलिज गरेका छन् ।

यसअघि, डकुमेन्ट्री फिल्महरूको निर्देशन गर्दै आएका पाण्डेको शब्द रहेको तीज गीत ‘चुरा’मा सुनिता अधिकारीले स्वर दिएकी छिन् । शिव हामलले गीतमा लय मिलाएका छन्।

कृष्ण बिक ‘भाञ्जा’ ले गीतमा एरेञ्जर भरेका छन् । कुमार रानाको मिक्सिङ रहेको गीत मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । ‘चुरा’ तीज गीतलाई साइन मिडिया प्रालिले बजारमा ल्याएको हो । सुनिताले अघिल्लो वर्ष पनि ‘क्यारम माया’लाई बोलको तीज ल्याएकी थिइन् ।