मञ्जुले ल्याइन् तीजको गीत ‘नाच्छु घुमेर’

मञ्जु पौडेललाई चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेलले फिचर्डमा साथ दिएकी छन्

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । मञ्जुले यस वर्षको तीजे कोसेली ‘नाच्छु घुमेर’ लिएर आएकी छन् ।

‘काम भन्दै गयो मेरो आधि उमेर, घन्काइदेउ मादलु नाच्छु घुमेर’ बोलको मौलिक तीज गीतमा फिचरिङ मञ्जुले नै फिचरिङ गरेकी छन् ।

यस गीतको भिडियोमा स्वयं मञ्जु पौडेललाई चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेलले फिचर्डमा साथ दिएकी छन् । यस वर्षको तीजका लागि मञ्जुले गाएको उक्त तीज गीत हालैमात्र सार्वजनिक भएको हो ।

हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने मञ्जुले यसपालिको तीजमा काम भन्दाभन्दै आधि उमेर, ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन् । काम र पैसाको लागि सधैँ व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै मञ्जुले ‘नाच्छु घुमेर’ लाई ल्याएकी हुन् । दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलले संगीत भरेको यस गीतलाई बीएमएस फिल्मस्ले बजारमा ल्याएको हो ।