भदौको दोस्रो हप्तादेखि ‘रेनी’को प्रदर्शन

चलचित्रको प्रदर्शन मितिसँगै फस्टलुकको रुपमा पोस्टर सार्वजनिक समेत गरिएको छ

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । त्रिकोणात्मक प्रेमकथामा आधारित नयाँ चलचित्र ‘रेनी’ ले ८ भदौ देखि प्रदर्शन मिति भेटाएको छ ।

यो चलचित्रको प्रदर्शन मितिसँगै फस्टलुकको रुपमा पोस्टर सार्वजनिक समेत गरिएको छ ।

यो फिल्म एक्सन, लभ र कमेडीका साथै सामाजिक सन्देशमूलक भएको निर्मात्री बिमला मल्लको दाबी छ । काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको यसको छायांकार जयराम थापा हुन् । ‘रेनी’को गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ । गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् ।

राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप), नवनायिका सनम मल्लको अभिनय छ । गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले नै लेखेकी हुन् ।