‘साइनो’को दोस्रो गीत ‘क्या बात छ’ सार्वजनिक

चलचित्र साउन २४ गतेबाट प्रदर्शन हुनेछ

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । चलचित्र ‘साईनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रको आइटम गीतमा अभिनेत्री नीता ढुंगाना, राज कुमार र राजा राजेन्द्रलाई फिचर्ड गरिएको छ । ‘क्या बात छ’ बोलको गीतमा यमन सुबेदीको शब्द, किरण भुषालको संगीत, मिना निरौलाको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा नीता, राज र राजा राजेन्द्रसँगै मिरुना मगर, भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।

वरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्रमा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायांकन र बनिश शाहको सम्पादन रहेको छ । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । रमेश थापा निर्देशित चलचित्र साउन २४ गतेबाट प्रदर्शन हुनेछ ।