शिव परियारको ‘प्रेमको फूल’ सार्वजनिक

प्रेममा धोका पाउँदाको पीडालाई गीतमा समेटिएको छ

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । नेपाली सुगम संगीतका गायक शिव परियारको ‘प्रेमको फूल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

शिवको स्वरले भरिएको उक्त गीतलाई हालैमात्र सार्वजनिक गरिएको हो । प्रेममा धोका पाउँदाको पीडालाई गीतमा समेटिएको छ ।

आफूले माया गर्ने मान्छेले आँफैलाई घात गर्दाको कथालाई गीतमा प्रस्तुत गरिएको छ । ‘स्मृति’ एल्बममा समेटिएको उक्त गीतमा राजेश आचार्यको शब्द तथा भूपू पाण्डेको संगीत रहेको छ । गीत वास्तविक प्रेम कथामा आधारित रहेको बताइएको छ ।

गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ, बर्षा राउत र कमल सिंहको फिचरिङ रहेको छ । शान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीत युट्युबमा सार्वजनिक भए लगत्तै धेरैले निकै मन पराएका छन् ।