साग गेम कराते खेलाडीको बन्द प्रशिक्षण

बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन्

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी करातेको बन्द प्रशिक्षण सुरु भएको छ ।

बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन् । प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको हो ।

खेलाडीको अन्तिम चरणको छनोट ४५ दिनपछि हुनेछ । त्यसपछि पहिलो हुने खेलाडी मात्र बन्द प्रशिक्षणमा रहने छन् । टिम स्पर्धाको छनोट भने साउन १३ गते गरिने छ ।