एक दिवसीय टेष्टमा आयरल्यान्डमाथि इङ्ल्यान्डको जित

१ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १५ दशमलव ४ ओभरमा अल आउट हुँदै ३८ रनमा समेटिएको थियो

एजेन्सी
श्रावण १५, २०७६, बुधबार

आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इङ्ल्यान्ड १ सय ४३ रनले विजयी बनेको छ ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १५ दशमलव ४ ओभरमा अल आउट हुँदै ३८ रनमा समेटिएको थियो ।

आयरल्यान्डका लागि ओपनर जेम्श म्याकुलमले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

आयरल्यान्डका १० ब्याट्सम्यानहरु दोहोरो अंकमा रन बनाउन बाट चुके । उसका ४ ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । आयरल्यान्डलाई सस्तैमा रोक्न इङ्ल्यान्डका क्रिस वोक्सले ७ दशमलव ४ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए । त्यस्तै, स्टुअर्ट बोर्डले ८ ओभरमा ३ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए ।

पहिलो इनिङमा ८५ रनमा आउट भएको इङ्ल्यान्डले दोस्रो इनिङमा उत्कृष्ट पुनरागमन ग¥यो । उसले ३ सय ३ रन बनाएको थियो । नाइट वा चम्यानका रुपमा क्रिजमा आएका बलर ज्याक लिचले ९२ रनको महत्वपूर्ण इनिङ खेलेपछि इङल्यान्ड सम्हालिएको थियो । आयरल्यान्डले पहिलो इनिङमा २ सय ७ रन बनाउँदै राम्रो अग्रता लिएको थियो । दोस्रो इनिङमा खराब ब्याटिङ गर्दा आयरल्यान्ड पराजित हुन पुग्यो ।