उमेस सिकेको ‘मायालाई ढाकाको पछ्यौरी’ विमोचन

पोखरेली गायक रामभक्त जोजिजूले गाएको गीतमा संगीतकार राजनराज सिवाकोटीले संगीत भरेका छन्

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । गीतकार उमेस सिकेले रचना गरेको ‘मायालाई ढाकाको पछ्यौरी’ गीतको म्युजिक भिडियो विमोचन गरिएको छ ।

हार्मोनी: द मोडर्न सङस्ट्रेसेस अफ पोखराद्धारा शनिबार पोखरामा आयोजित कार्यक्रममा कवि तथा प्राज्ञ तीर्थ श्रेष्ठले म्युजिक भिडियोको विमोचन गरेका हुन् ।

पोखरेली गायक रामभक्त जोजिजूले गाएको गीतमा संगीतकार राजनराज सिवाकोटीले संगीत भरेका छन् । नेपाली सिने क्षेत्रकी चर्चित अभिनेतृ प्रियंका कार्की र अभिनेता निराजन प्रधानको गीतमा फिचर्ड रहेको छ ।

निर्देशक निकेश खड्काको निर्देशनमा म्युजिक भिडियो बनेको हो । कमल थापाले रेकर्ड गरेको ‘मायालाई ढाकाको पछ्यौरी’ गीतको म्युजिक भिडियोलाई पोखराको जेई स्टुडियोले प्रस्तुत गरेको हो ।

राजन ईशानले एरेञ्ज गरेको गीतमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन विधान धमलाले गरेका छन् ।

यसअघि, सिकेले रचना गरेको ‘काहुँडाडापारी, घर मेरो वारी’, ‘बागलुङ टु पोखरा’ ‘प्रियसीका यादहरु’ ‘बाराही मन्दिर घुम्दाघुम्दै’ ‘जाँदैछु विदेशमा’ ‘बहिनीलाई दिएको रुमाल’ लगायतका बोलको लोकगीत रेकर्ड भइसकेका छन् ।
उक्त गीतहरुमा पनि गायक रामभक्त जोजिजू, भूपेन्द्र रायमाझी, बीबी अनुरागी र राकेश अपजसी लगायतले स्वर र संगीत भरेका छन् ।