अम्बिकाको तीज गीत ‘आँठा आँठा छेकेर’

गीतमा परिवार, समाज र महिला पीडाभन्दा फरक समग्र देशलाई गीतमा अभिव्यक्त गर्न खोजेको पाइन्छ

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । यस वर्षको तीजमा गायिका अम्बिका भण्डारीले ‘आँठा आँठा छेकेर’ बोलको गीत बजारमा ल्याएकी छन् ।

भण्डारीको लय, शब्द र स्वर रहेको गीतमा नृत्य भावना पन्त ‘सल्यानी’, कुलमाया क्षत्रीको छ । वर्षैपिच्छे नयाँ खालका तीज गीत ल्याउने भण्डारीको उक्त गीतलाई नमस्ते पोखराले हालैमात्र आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

गीतको भिडियो निर्देशन पोखराका छवि सुवेदीले गरेका छन् । गीतमा दिवाकर भण्डारी, बुद्धिसागर खनाल, अम्बिका भण्डारी, कृष्णराज दाहाल र सोमु सुनारले अभिनय गरेका छन् । गीतको संगीत संयोजन बीबी अनुरागीले गरेका हुन् । छायांकन, सम्पादन शिव भुर्तेलले गरेका छन् ।

गायिका भण्डारीले गाएको यस पटकको गीतमा परिवार, समाज र महिला पीडाभन्दा फरक समग्र देशलाई गीतमा अभिव्यक्त गर्न खोजेको पाइन्छ ।

गायिका भण्डारीका यसअघि ‘संसार छाडी गयौ’ं, ‘आउ नाचौं दिदीबहिनी’, ‘खुसी राख्छु बाबा तिम्लाई’, ‘नभइदेउ न मेरो’, ‘माइती देशै झलल’, ‘हाम्रो माइतीघर’, ‘फूल फुल्यो’ लगायतका तीज गीत बजारमा आइसकेका छन् । साहित्यकार समेत रहेकी भण्डारीका २ कविता संग्रह, १ खण्ड काव्य, १ मुक्तक प्रकाशन भइसकेका छन् ।