हिमालय क्लबद्धारा राष्ट्रिय खेलकुदमा पदकधारी खेलाडीलाई सम्मान

गण्डकी प्रदेशबाट पुरुष ह्याण्डबलतर्फ स्वर्ण र महिलातर्फ कास्य पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । हिमालय क्लव पोखरा १६, बाटुलेचौरले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पुरुष ह्याण्डबलतर्फ स्वर्ण र महिलातर्फ कास्य पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

क्लबले एक कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई सम्मान गरेको हो । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, कुमार खड्का, मेखलाल श्रेष्ठ, ईन्द्रधारा बिष्ट, नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, क्लवका मानार्थ सदस्य उदयबहादुर बस्नेत, बेनीबहादुर बस्नेत, निवर्तमान अध्यक्ष जीवनारायण श्रेष्ठ, जिल्ला समन्वय समिति कास्की सदस्य गुमादेवी अधिकारी गौतम, विन्ध्यबासिनी माविका प्र.अ. कृष्णप्रसाद आचार्य लगायतले खेलाडीहरुलाई सम्मानपत्र, माला र अविरद्धारा सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले खेलकुदको विकासमा राज्यले विशेष चासो दिनुपर्नेमा जोड दिए । अर्का प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले गण्डकी प्रदेश सरकारले खेल क्षेत्रको विकासको लागि विशेष योजना अगाडी बढाइरहेको बताए ।