‘टिकटकमा’ मा सेल्फी खिच्दै गायिका अनिता, काउली बुढी र फुलन्देकी आमा

‘तीजको बेलैमा नाच्नलाई हिंडियो, आउ साथी बनाउँला टिकटकमा भिडियो’ बोलको गीतलाई स्वयं गायिका अनिता चलाउनेले गाएकी हुन्

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । तीजको गीत ‘टिकटकमा’ को फिचरिङमा गायिका अनिता चलाउने, काउली बुढी र फुलन्देकी आमाले सेल्फी खिचेको तस्वीर बजारमा भाइरल बनेको छ ।

सुमधुर स्वरकी धनी गायिका अनिता चलाउनेको उक्त तीज गीत ‘टिकटकमा’ म्युजिक भिडियो हालैमात्र रिलिज गरिएको हो । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि अनिताले तीजको गीतलाई बजारमा आएकी हुन् । अनिताको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा फुलन्देकी आमा, काउली वुढी र अनिता स्वयंको अभिनय रहेको छ । ‘तीजको बेलैमा नाच्नलाई हिंडियो, आउ साथी बनाउँला टिकटकमा भिडियो’ बोलको गीतलाई स्वयं गायिका अनिता चलाउनेले गाएकी हुन् ।

‘टिकटकमा’ भिडियोको गीतकार प्रल्हाद सुबेदी हुन् । संगीतकार बसन्त थापाले यस गीतमा संगीत भरेका छन् । निर्देशक शिव बिकले भिडियोको निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । संगीतकार आशिष अविरलको यस गीतमा एरेन्ज रहेको छ ।