राधिका हमालको तीज गीत ‘भाग्यमानी’

राधिकाको लय र शब्द रहेको ‘भाग्यमानी’ बजारमा हालैमात्र सार्वजनिक भएको हो

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । गायिका राधिका हमालले यस वर्षको तीजलाई लक्षित गरेर ‘भाग्यमानी’ बोलको तीज गीत लिएर आएकी छिन् ।

राधिकाको लय र शब्द रहेको ‘भाग्यमानी’ बजारमा हालैमात्र सार्वजनिक भएको हो ।

राधिकाले यस वर्ष आफ्नै युटुव च्यानलमार्फत उक्त गीत ‘भाग्यमानी’ लाई सार्वजनिक गरेकी हुन् । गीतको ‘कोरस’ गायनमा स्मृति शाही र पुष्पा बोहरासमेत रहेका छन् । म्युजिक बैंक नेपालले गीतलाई प्रस्तुत गरेको हो । यस गीतलाई शंकर विसीले निर्देशन गरेका हुन् । गीतको छायांकन दुर्गा पौडेलले गरेका छन् । यस गीतमा रिना थापाले दमदार अभिनय गरेकी छिन् । कृष्ण फिल्मस् एण्ड एडभरटाइजिङले गीत ‘भाग्यमानी’ को निर्माण गरेको हो ।

चर्चित गायिका राधिका हमाल नेपाली लोक तथा दोहोरी गीतमा निकै नै सक्रिय छिन् । पछिल्लो केही वर्ष यता गायिका हमालले तीजका थुप्रै गीत गाउँदै आएकी छिन् । यसवर्ष पनि उनले २ वटा गीतमा स्वर दिएकी छिन् ।